दफा २७
सामान्य औसत कायम गर्न सक्ने
: यस ऐन वा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बहुविधिक ढुवानी करार गर्दा सम्बन्धित पक्षहरुले सामान्य औसत (जनरल एभरेज) को शर्त राख्न चाहेमा त्यस्तो शर्त को अधीनमा रही यस ऐन बमोजिमको दायित्व निर्धारण हुन सक्नेछ ।